Pages

Subscribe:

Wednesday, March 24, 2010

पत्रकार धम्क्याउने प्रहरी निरीक्षकलाई कारबाहीको माग

सुनसरी, चैत १०।

इटरहीका पत्रकार सोमनाथ बास्तोलालाई धम्क्याउने प्रहरी निरीक्षक श्यामल सुब्बामाथि कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् मंगलबार इटहरीमा भएको पत्रकारहरुको भेलाले प्रहरी निरीक्षक सुब्बामाथि कडा कारबाहीको माग गरेको हो। भेलामा सहभागी ४ दर्जन बढी पत्रकारहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी पत्रकारहरुलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो उल्टै धम्क्याउने र तर्साएर कर्तव्यबाट विमुख बनाउन खोज्ने सुब्बालाई कडा कारबाहीको माग गरेका छन्। उनीहरुले सुब्बामाथि कारबाही नभए आन्दोलनको चेतावनी समेत दिएका छन्। सोमबार राति सुनसरीको इटहरी ७ स्थित हरिजनबस्तीका दुई निर्दोषलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बिषयमा आन्दोलित सर्वसाधारणमाथि इलाका प्रहरी कार्यालय अगाडि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको समाचार प्रकाशन र प्रसारण भएको थियो। सोही समाचार ब्रेकिंग न्यूजको रुपमा प्रसारण भए लगत्तै प्रनि सुब्बाले इप्रका इटहरीको ०२५५८०१०० नम्बरबाट फोन गरेर बास्तोलालाई पत्रकारिता सिकाउने चेतावनी दिएका थिए। यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरी, मधेश मिडिया मिसन नेपाल, प्रेस चौतारी सुनसरी, युथ रिपोटर्स ग्रुप इटहरी लगायतका संचारसम्बद्ध संघसंस्थाले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी बास्तोलालाई धम्क्याउने प्रनि सुब्बामाथि कडा कारबाहीको माग गरेका छन्। पत्रकार बास्तोला एभिन्यूज टेलिभिजन र अन्नपूर्णपोष्टमा आबद्ध छन् भने नेपाल पत्रकार महासंघ सुनसरीका सचिव समेत हुन् ।

http://www.weeklynepal.com/newsite2/component/content/article/45-news/4191-2010-03-23-12-11-01.html#Scene_1

0 comments:

Post a Comment