Pages

Subscribe:

Tuesday, December 21, 2010

युथ रिपोर्टस् ग्रुप नेपाल : संक्षिप्त परिचय

के हो 'युथ रिपोर्टस् ग्रुप नेपाल' ?
युथ रिपोर्टस् ग्रुप नेपाल युवा पत्रकारहरुको समुह हो । जो पत्रकारहरुको हक हित, स्वतन्त्रता, स्वच्छता र विकासको लागि लागि पर्छ र पत्रकारीताको माध्यमबाट समाज विकास कसरी गर्न सकिन्छ, त्यसतर्फ क्रियाशिल छ । युथ रिपोर्टस् ग्रुप नेपालको प्रमुख कार्यालय सुनसरीको इटहरीमा रहेको छ ।
युथ रिपोर्टस् ग्रुप कुनैपनि दल, संगठन वा व्यक्तिबाट नियन्त्रित वा उत्प्रेरित छैन । यो एउटा पत्रकार, मात्र पत्रकार र समाजको पक्षमा क्रियाशिल संगठन हो । सबै दल, संघसंस्था, व्यापारिक तथा शैक्षिक प्रतिष्ठान लगायत सबै सामाजिक पक्षहरुसँग सहकार्य गर्दै ग्रुप अगाडी बढिरहेकोछ र यसको भावी कार्यदिशा पनि यही हो । कुनै पक्षकेा दबाब वा प्रलोभनमा नपरी स्वतन्त्र रुपले समाचार पम्प्रेषण गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यदी कसैले पत्रकारहरुलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्छ र धाक धम्की दिइ आफ्नो स्वार्थमा प्रयोग गर्न चाहन्छ भने यो संगठन त्यसविरुद्द शसक्त रुपमा उत्रिनेछ । जनताको सुचनाको हकप्रति संवेदनशिल रही पत्रकारहरुको विकास तथा पेशागत हक संरक्षणकेा लागि ग्रुप क्रियाशिल रहनेछ ।
हुन त पत्रकारहरुको थुप्रै संगठनहरु खडा भएकाछन् । तर ती संगठनहरुको सक्रियता देखिएको छैन । त्यसैले गठन भएर पनि नभएको जस्ता देखिएकाछन् । बेलाबेलामा केही कार्यक्रम आयोजना गर्न मात्र त्यस्ता संगठनहरु सक्रिय छन् । पत्रकारहरुको हक हित तथा सुरक्षाको सवालमा ती संगठनहरु मौन छन् । त्यसैले पत्रकारहरुको सुरक्षा र स्वतन्त्रताको लागि सबै पत्रकार संगठित हुनुपर्ने आवश्यकता छ । पेशागत हक हितको संरक्षणमा लागि पर्दै आफ्नो क्षमता विकासको लागि पनि आफै सक्रिय हुनुपर्ने आवश्यकता छ । त्यसको लागि नया जोश, जाँगर र दृष्टिकोण भएका युवा पत्रकारहरुलाई संगठित हुने एउटा संगठनको आवश्यकता परिपूर्तिको लागि युथ रिपोर्टस् ग्रुप नेपालको गठन गरिएको हो ।
स्थापनाको दुइ महिना यता आन्तरिक सबलिकरणमा युथ रिपोर्टस् ग्रुप जुटेको छ । त्यसैले बाहिरबाट हेदा केही निस्त्रिmय जस्तो देखिएपनि वास्तवमा युथ रिपोर्टस् ग्रुप निकै ठूलो कार्यक्रमको तयारीमा छ । त्यसैले आवश्यक सल्लाह, सुझाव र सहयोगका लागि 'युथ रिपोर्टस् ग्रुप नेपाल' पत्रकार लगायत सबै पक्षसँग हार्दिक अनुरोध गर्दछ ।

'युथ रिपोर्टस् ग्रुप नेपाल' किन ?
युथ रिपोर्टस् ग्रुप नेपालको आवश्यकता निम्न कारणले महसुस गरियोः-
- समाचार लेखेकै कारण पत्रकारहरुले विभिन्न किसिमका धम्की र आक्रमणको शिकार हुनुपरेको छ । जसले गर्दा पत्रकारहरु पेशाबाट पलायनको अवस्थामा पुगिसकेका छन् । उच्च जोखिम मोलेर पनि न्युन पारिश्रमिकमा काम गर्नुपर्दा पत्रकारहरुमा निराशाको वातावरण सृजना भएको छ । जसले गर्दा पत्रकारहरुले पत्रकारिता पेशा नै छोड्ने अवस्थाको सृजना भएको छ । पत्रकारहरुको सुरक्षाका पक्षमा कुनै दल, संगठन वा संस्थाले चासो दिएको पाइएन । पत्रकारहरु माथि हमला हुँदा मात्र विज्ञप्ती जारी गर्ने आक्रमणकारीलाई कारवाहीको माग गर्ने र पछि त्यसको कार्यान्वयनमा चासो नदिनाले प्रेस विरोधी गतिविधि रोकिन सकेका छैनन् । त्यसैले पत्रकारहरुको सुरक्षाका लागि एउटा बलियो संगठनको आवश्यकता महसुस गरिएको हो ।
- पत्रकारिता क्षेत्रमा पनि विकृतीहरु छन् । पत्रकारिता क्षेत्रमा भत्तावाद र खामबन्दीले पछिल्लो समयमा निकै तीव्रता पाइरहेको छ । परिणामतः पत्रकारीता क्षेत्र धुमिल हुँदै गइरहेको परिस्थितीमा यस्ता गतिविधिलाई निरुत्साहित गर्दै स्वच्छ पत्रकारिताको विकासका लागि लागि पर्नु अहिलेको आवश्यकता हो । किनकी पत्रकारिता क्षेत्रको आफ्नै एउटा ओज र महत्व छ । जबकी यस्ता क्रियाकलापले पत्रकारिता क्षेत्रको सम्मान गिराएको छ । त्यसैले पत्रकारिता क्षेत्रमा देखिएका विकृती हटाउन प्रयास गर्ने योजना पनि ग्रुपको छ ।
- युवा पत्रकारहरुको विकासको लागि कुनै पनि संस्था वा संगठन क्रियाशिल देखिएको छैन । जबकी समय सापेक्ष तालिम तथा गोष्ठीको आयोजना गर्दै युवा पत्रकारहरुको क्षमताको विकास गर्नु जरुरी छ । त्यो आवश्यकताको परिपूर्तीलाई पनि 'युथ रिपोर्टस् ग्रुप नेपाल'ले आफ्नो उद्देश्यमा समेटेको छ ।
- सञ्चार माध्यमको तर्फाट विभिन्न किसिमका अन्तक्रिर्या र समसामयिक विषयमा छलफल चलाइन्छन् । तर पत्रकारहरुले पनि त्यस्ता छलफल चलाएर सामाजिक समस्या र विकृतीको निकासमा पहल गर्नु आवश्यक छ । यदी त्यसो भएको खण्डमा पत्रकारहरु साँच्चै समाजका महत्वपूण व्यक्ति रहेछन् भन्ने सकारात्मक विचार समाजमा प्रवाह हुनेछ । त्यसैले सामाजिक विवाद वा समस्या समाधानमा पत्रकारहरुको सशक्त प्रयास आवश्यक छ ।
- पत्रकारिताले समय सापेक्ष परिवर्तनको मौका पाउनुपर्छ । पत्रकारिता र सुचना सम्प्रेषणको शैलीलाई समय सापेक्ष परिवर्तन गर्न नसकेमा सुचना र समाचारप्रतिको मानिसको आकर्षा घट्न सक्छ । त्यसैले समाजले चाख मान्ने गरी घटना र विषयवस्तुको उठान गर्नुपर्छ । एकप्रकारको नयाँ पत्रकारिता शैलीको विकासको आवश्यकता छ । जसको अभिभारा आजका युवा पत्रकारहरुको काँधमा आइपुगेको छ ।
- पत्रकारिता निष्पक्ष हुनुपर्छ । तर दलिमुखी तथा समुहमुखी पत्रकारिताले विभिन्न रुपमा आफूलाई प्रस्तुत गरेको देखिन्छ । यसले पत्रकारिता क्षेत्रलाई स्वच्छ र स्वतन्त्र बनाउनै सक्दैन । त्यसैले समग्रमा जनताको लागि पत्रकारिता आवश्यक छ । दल, समुह र व्यक्तिमुखी नभइ समाज मुखी पत्रकारिताको विकासको लागि पनि एउटा अभियान सञ्चालन गर्ने आवश्यकता छ ।
- विभिन्न व्यक्तिले आफ्ना विचार र समस्याहरु व्यक्त गर्न चाहिरहेका हुन्छन् । तर त्यस्तो स्थानको अभाव छ । उनीहरुले विचार प्रकट गर्ने ठाउँको व्यवस्था गर्नुलाई पनि 'युथ रिपोर्टस् ग्रुप नेपाल' ले आफ्नो उद्देश्य तथा कार्ययोजनामा समावेश गरेको छ ।
युवा पत्रकार साथीहरु,
तपाइलाई यी कारणहरु उचित लाग्छन् भने आउनु्स्, युथ रिपोर्टस् ग्रुपमा संगठित हुनुहोस् । पत्रकारिता क्षेत्र र समग्र समाज विकासको कार्यमा सक्रिय रुपमा सहभागि हुनुहोस् ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'को लक्ष्य
स्वच्छ, स्वतन्त्र र समाजमुखी पत्रकारिताको विकास गर्ने र युवा पत्रकारहरुको विकास गर्दै समाजका लागि पनि युवा पत्रकारहरुलाई प्रोत्साहित गर्ने लक्ष्य युथ रिपोर्टस् ग्रुप नेपालको रहेको छ ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'को उद्देश्य
- पत्रकार सुरक्षाको लागि बलियो पहल गर्ने ।
- युवा पत्रकारहरुको विकास गर्ने ।
- स्वच्छ पत्रकारिताको लागि अभियान सञ्चालन गर्ने ।
- पत्रकारितालाई समयसापेक्ष परिमार्जन गर्ने ।
- दलिय, व्यक्तिमुखी तथा समुहमुखी पत्रकारिता निरुत्साहित गर्दै समाज मुखी पत्रकारिताको विकास गर्ने ।
- पत्रकारिता क्षेत्रको लागि लागिपरेका सबै संगठन तथा समुहहरुसँग समन्वय गर्ने ।
- ग्रुपले लिएको उद्देश्य परिपूर्तीका लागि विभिन्न ठाउँका युवा पत्रकारहरुलाई एकजुट बनाउने ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'ले गर्ने कार्यक्रमहरु
युथ रिपोर्टस् ग्रुपले विभिन्न किसिमका कार्यक्रमहरु गर्नसक्छ ।
– आक्रमणमा पारिएका पत्रकारहरुको क्षतीपूर्ती भराउने, आक्रमणकारी पक्षको विरोध गर्ने र कारवाहीको लागि पहल गर्ने ।
– सामाजिक, राजनीतिक, साँस्कृतिक महत्वका विविध जनसरोकारका विषयमा अन्तक्रिर्या, छलफल कार्यक्रमहरुको आयोजना गर्ने ।
– सम्बद्ध पक्षहरुलाई बोलाएर पत्रकार सम्मेलनको आयोजना गर्ने ।
– विभिन्न र्‍याली, सामाजिक काममा सक्रिय रुपले सहभागि हुने ।
– जनतासँग नजिक रहेर काम गर्ने ।
– युवा पत्रकारहरुको विकासको लागि विभिन्न किसिमका तालिम, अन्तक्रिर्या र गोष्ठीहरुको सञ्चालन गर्ने र सहभागि गराउने ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'को सदस्यता
युथ रिपोर्टस् ग्रुपको सदस्य बन्ने प्रक्रियाहरु निम्न छन्-
क) सदस्य बन्न चाहिने योग्यताः-
१. कुनै पनि सञ्चार संस्थामा आबद्ध भइ पत्रकारिता गरेको र सो संस्थाको परिचय पत्र पाएको हुनुपर्नेछ ।
२. नेपाली नागरिक हुनुपर्नेछ ।
३. शिक्षाको न्युनतम योग्यता आवश्यक छैन ।
४. सदस्यता वाषिर्क रुपमा नविकरण गराउनुपर्नेछ ।
ख) सदस्यता शुल्क रु. २५० लाग्नेछ ।
ग) सदस्य बन्न चाहने पत्रकारले जिल्ला तहमा गठित युथ रिपोर्टस् ग्रुपमा आवश्यक योग्यता खुलाइ निवेदन दिनुपर्नेछ । विशेष परिस्थितीमा केन्द्रिय संगठनमा नै सोझै निवेदन दिन पनि सक्नेछ । आवश्यक प्रक्रिया पुर्‍याइ सदस्यता परिचयपत्र वितरण गरिनेछ ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'का सदस्यहरुले गर्न नहुने कार्यहरु
- पत्रकारिता क्षेत्रको मानमर्दन हुने तथा ग्रुपलाई हानी पुग्ने कुनै पनि क्रियाकलाप गर्नुहुँदैन ।
- ग्रुपको नाममा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने कार्य हुनुहुँदैन । यदी त्यस्तो कार्य भएमा ग्रुपको लागि त्यो ठूलो अपराध र्ठहर्छ ।
- संगठनको आडमा कुनै पनि संस्था, संगठन वा व्यक्तिलाई धम्काएर कुनै पनि कार्यहरु सञ्चालन गर्नुहुँदैन ।
- समाजलाई हानि पुग्ने किसिमले कुनैपनि कार्यहरु गर्नुहुदैन ।
- ग्रुपको नामलाई राजनीतिक दल वा कुनै पक्षको पक्षपोषण गर्ने कार्यमा प्रयोग गर्नुहुँदैन । निस्पक्ष र स्वतन्त्र किसिमले समाजको लागि कार्य गर्नुपर्छ ।
उपरोक्त कार्यहरु भएको पाइएमा सदस्यहरुलाई कारवाही गरिनेछ । संगठनको छवीलाई उच्च बनाइराख्नु सबै सदस्यहरुको कर्तव्य हो ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'को साधारणसभा
ग्रुपले वाषिर्क साधारणसभा गर्नेछ । ग्रुपको कार्यसमितीको लागि हुने चुनावमा बहुमतीय प्रणाली अपनाइनेछ ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'का कार्ययोजनाहरु

- पूवाञ्चलमा सदस्य संख्या विस्तार गरी पत्रकारहरुको बलियो तथा शसक्त संगठनको निर्माण गर्ने र पत्रकारहरुको हकहित तथा विकास र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको लागि लागि पर्ने । 

- युवा पत्रकारिताका चुनौतीहरुको सम्बन्धमा छलफल गरी समस्या समाधान गर्न प्रयास गर्ने ।

- युवा पत्रकारिताको विकासका लागि विभिन्न छलफल, अन्तक्र्रिया तथा तालिमहरुको आयोजना गर्ने 

- विशुद्ध पत्रकार सम्मेलनको लागि हलको व्यवस्थापन गर्ने । त्यसको लागि विभिन्न सामाजिक संघसंस्था, व्यक्ति, व्यापारिक संस्था, सरकारी तथा स्थानिय निकाय, राजनीतिक दल लगायतकाको सहयोग लिइनेछ । जुन निस्वार्थ हुनुपर्नेछ । पत्रकारसँग विभिन्न सामाजिक, व्यवशायिक, राजनीतिक तथा र्सवसाधारणलाई जोड्ने पुलको रुपमा सो हलको प्रयोग गरिनेछ । जिल्ला स्तरिय शाखाहरुले समेत हल निर्माण तथा व्यवस्थापन गर्न सक्नेछन् ।

'युथ रिपोर्टस् ग्रुप नेपाल'का हालसालैका गतिविधिहरु
पूवाञ्चलका विभिन्न पत्रकार साथीहरुले युथ रिपोर्टस् ग्रुप नेपालको कार्यप्रति चासो दिइ सदस्य बन्ने इच्छा राख्नुभएको छ । वहँाहरुको नामावली तथा फोटोहरु आइरहेको छ । हामी चाँडै नै जिल्ला भ्रमण गरी सदस्यताको प्रकृया अघि बढाउने तयारीमा छौं ।

माथीको संस्था परिचय पढिसकेपछि तपाइलाई लागेको जिज्ञासा हामीलाई हाम्रो इमेल ठेगाना youthrg@gmail.com  मा पठाउनुहोला । फोनमार्फ् त पनि तपाइ जानकारी लिन सक्नुहुनेछ ।

'युथ रिपोर्टस् ग्रुप नेपाल' का क्रियाकलापहरुको बारेमा जानकारीहरु www.yrgnepal.blogspot.com मा राखिनेछ ।

यदी तपाइ पनि 'युथ रिपोर्टस् ग्रुप नेपाल'को सदस्य बनेर हाम्रो अभियानमा सामेल हुन चाहनुहुन्छ भने हामीलाई आफ्नो बायोडाटा र पासपोर्ट साइजको फोटो इमेल मार्फ्त पठाउनुहोला ।

1 comments:

Unknown said...

ekdam Ramro ho Sathi Hami Lai Desh Hit Ma Kam Garn Parchh,,
jai nepal jai matribhumi
Yuva Nepal Sangathan (YNS)
http://youngnepals.webs.com

Post a Comment