Pages

Subscribe:

Thursday, July 2, 2009

ग्रुपको पत्र र तथ्याङ्कहरु





परिचयात्मक कार्यक्रमको निमन्त्रणा पत्र























पत्रकारहरु माथि भइरहेका आक्रमणको विरोध गर्दै कारवाहीको लागि इप्रका इटहरीलाई दिएको पत्र



विषय-पत्रकारको सुरक्षाका सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार वर्गमाथि विभिन्न समुहले श्रृङ्खलाबद्ध आक्रमण गरिरहेका छन् । सुनसरीमा मात्रै गएकेा एक महिना भित्रमा चार जना पत्रकारलाई विभिन्न व्यक्ति तथा समुहले आँखाको तारो बनाइ आक्रमण तथा ज्यानमार्ने धम्की दिएकाछन् ।
गत जेठ २६ गते इटहरीका पत्रकार दामोदर गुरागाईँलाई प्रहरी हवल्दार नारायण कोइरालाको नेतृत्वमा रहेको प्रहरी टोलीले कुटपिट गर्‍यो । गुरागाईँलाई कुटपिट गरेको एक हप्ता बित्न नपाउँदै मनोज भुजेल र युवराज घिमिरेलाई यौनधन्दामा संलग्न रहेका महिलाहरुले प्रहरी कार्यालयमै हातपात तथा दुर्व्यवहार गरी ज्यान मार्ने धम्की दिए ।
त्यसको तीन दिन बित्न नपाउँदै हिजो सोमबार धरानका पत्रकार रोहित र्राईलाई लिम्बुवानका कार्यकर्ता बताउने व्यक्तिले समाचार लेखेकै विषयमा ज्यान मार्ने धम्की दिए । त्यस्तै सोहि दिन रिपोर्टिङका सिलसिलामा कार्यालयबाट कार्यक्षेत्र तर्फ गइरहेका इटहरीका पत्रकार युवराज घिमिरेमाथि हतियारधारी समुहले आक्रमण गरी घाइते बनायो ।
यसरी पत्रकारमाथि विभिन्न समयमा विभिन्न समुह तथा व्यक्तिहरुबाट समाचारको विषयलाई लिएर आक्रमण हुनु तथा ज्यान मार्ने धम्की आउनु र प्रहरी प्रशासनले घटनाका दोषी ठहरिएकालाई कारवाही नगर्नु देशमा दण्डहिनताले प्रश्रय पाउनुको मुख्य कारण रहेको हामीले महसुस गरेकाछौं । समाजलाई सत्य तथ्यको जानकारी गराइ सुसुचित गर्ने देशको चौथो अंग पत्रकार माथि बारम्बार आक्रमण हुनुले पत्रकारीता पेशालाई धरापमा पारेको त छ नै त्यसमा पनि पत्रकार झन् आफ्नो पेशाबाटै पलायन हुने अवस्था समेत आइसकेको छ ।
आम जनताको सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनले पत्रकार माथि आक्रमण गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरी पत्रकारीता पेशालाई सुरक्षित र भयमुक्त बनाओस् भन्ने हाम्रो आग्रह छ ।
हाम्रो आग्रहलाई प्रहरी प्रशासनले गम्भीरतापूवक नलिए पत्रकारहरुको हकहित र सुरक्षाको लागि हामी सबै युवा पत्रकारहरु शसक्त आन्दोलनमा उत्रने जानकारी समेत गराउँदछौं । साथै पत्रकारहरुको सुरक्षाको लागि आवश्यक पहल तथा सहयोग गरिदिन विभिन्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शिक्षक, व्यवशायी तथा आम जनसमुदायमा हार्दिक आग्रह गर्दछौं ।
महासचीव अध्यक्ष
पवन विवश अधिकारी हिमाल दहाल
-युथ रिपोर्टस् गु्प नेपाल
बोधार्थ-
नेपाल पत्रकार महासँघ सुनसरी
साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल
क्रान्तिकारी पत्रकार सँघ सुनसरी
प्रेस चौतारी सुनसरी
नेपाल प्रेस युनियन सुनसरी
मधेश मिडिया मिसन सुनसरी
मिडिया मिसन सुनसरी
युथमिडिया सेन्टर सुनसरी