Pages

Subscribe:

दस्तावेजहरु

Wednesday, June 8, 2011

गणतन्त्र दिवस, साहित्य र सुकुना

तिमि गयौ र यो दिल खाली भो ।
मुर्छना टुटे मेहफिल खाली भो ।
कार्यक्रमको संजिव धिमाल गाउदै थिए जे वी थुलुङका शेरहरु खोटाङे विद्यार्थी समाजले सुकुना बहुमुखी क्याम्सले आयोजना बृहत साहित्यिक कार्यक्रममा धिमालले ।
कार्यक्रमलाई सुर मय बनाए गजलका शेरहरु गुन्गुनाएर । त्यसोत धिमालले गाउनु अगाडी थेप्रै श्रष्टाहरुले गीत कविता गजल बाचन मात्र गरेका थिएनन् उनले जस्तै गीतहरु गुन्गुनाएका थिए । गणतन्त्र दिवसको अवसरका अवसरमा शहर र बजार भरि अरु कार्यक्रम भैरहदा झापा मोरङ र सुनसरीका ४ दर्जन बढी श्रष्टाहरु आफ्ना सृजना सुनाउन तल्लिन थिए । यसै मौकामा कवि हेमन यात्रीले सुनाए दुङ्माको कविता
कहाँबाट आए
र बस्छ
यो पुरातात्विक हावा ?
दुङ्माको काखमा
र गाउँछ
दुङ्माली जिब्रोको संगीतमा
यहाँका आदिवासी अवशेषहरु ।
देश अन्यौलको भुमरीमा भाषिएका वेला धेरैका रचनाले त्यहीभाव उतारेको थियो । गजलका शेरहरुमा संविधान नबन्नुको पिडा छछल्कीएको थियो । श्रृगारिकतामा देशको पीडा केपी लम्सालले गजलका शेरमा ब्यक्त गरे ः
रुपको घमण्ड नगरेहुन्छ अनुहारको आयु लामोहुदैन ।
सक्छौ भने बुद्धिले काम गर हतियारको आयु लामो हुदैन ।
जंजिरले खु
ट्टा बाँधेर दौडने आदेश नदेउ महासय,
प्रतिपक्ष बलियो भएपछि सरकारको आयु लामो हुदैन ।
कवितासगैं गजल बाचन गर्नेहरु पनि उत्तिकैथिए कार्यक्रममा देशको पीडा एकाति
र राखेर आधासरो गजलकारहरुले श्रृगारिकता पस्केका थिए रचनामा ।
बोकी आयौ छाता तिमी पानी अन्तै टरे पछि ।
सगै बस्नु के अर्थ भो तिमीले सिउदो भरेपछि ।
नयाँ सर्जकहरुको बाहुल्यता रहेको कार्यक्रममा रमेश खतिवडाको गजलका यी शेरहरु जस्तै बलिया थिए । रोमा निरौलाका यी शेरहरु पनिः
चुलिएका मन
का रहर मनभित्रै थुन्दा थुन्दै
आधा जीवन वित्यो मेरो सहयात्री चुन्दा चुन्दै
कहिले घरबार गर्छौ भनि साथीभाइले सोधे पछि
अल्मलिए अनि आफ्नो उमेर गन्दा गन्दै ।
खोटाङे विद्यार्थी समाज र अदृश्य गोरेटो साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा पत्रिका प्रकाशनमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठ, पत्रिकाका सल्लाहकार कविन्द्र श्रेष्ठ र रमेश खतिवडालाई साहित्यकार विवश पोखरेलले सम्मान गरे । उनीहरुलाई खादा ओडाएर प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको थियो । त्यस्तै आइ एड प्रथम वर्षको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने
खोटाङे विद्यार्थी समाजका पूर्व सहसचिव विमला राईलाई समेत प्रशंसापत्र प्र
दान गरिएको थियो । विगत पाँच वर्षदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको अदृश्य गोरेटोको नयाँ अंकसमेत सार्वजनिक गरियो ।
कार्यक्रममा विवश पोख्रेल, प्रकाश आङ्देम्बे, ज्योति जंगल, जेवी थुलुङ, गण्डकीपुत्र, केपी लम्साल, ज्योति भट्टराई, मिलन बिछोड, मीनकुमार नवोदित, रोमा निरौला, दीपक शम्चु, ईश्वर लम्साल, कृष्ण उदासी, हीरालक्ष्मी थापा, रेखा सुवेदी, भवानी रे
ग्मी, वीरेन्द्र पोखरेल, मनोज भट्टराई, उद्योग तामाङ, गोविन्द खड्कालगायत ४ दर्जनले रचना वाचन गरेका थिए ।