Wednesday, June 8, 2011
गणतन्त्र दिवस, साहित्य र सुकुना
Sunday, December 26, 2010
प्रेस स्वतन्त्रताको आन्दोलनमा यूथ रिपोटर्स ग्रुप
Wednesday, March 24, 2010
पत्रकार धम्क्याउने प्रहरी निरीक्षकलाई कारबाहीको माग
इटरहीका पत्रकार सोमनाथ बास्तोलालाई धम्क्याउने प्रहरी निरीक्षक श्यामल सुब्बामाथि कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् मंगलबार इटहरीमा भएको पत्रकारहरुको भेलाले प्रहरी निरीक्षक सुब्बामाथि कडा कारबाहीको माग गरेको हो। भेलामा सहभागी ४ दर्जन बढी पत्रकारहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी पत्रकारहरुलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो उल्टै धम्क्याउने र तर्साएर कर्तव्यबाट विमुख बनाउन खोज्ने सुब्बालाई कडा कारबाहीको माग गरेका छन्। उनीहरुले सुब्बामाथि कारबाही नभए आन्दोलनको चेतावनी समेत दिएका छन्। सोमबार राति सुनसरीको इटहरी ७ स्थित हरिजनबस्तीका दुई निर्दोषलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बिषयमा आन्दोलित सर्वसाधारणमाथि इलाका प्रहरी कार्यालय अगाडि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको समाचार प्रकाशन र प्रसारण भएको थियो। सोही समाचार ब्रेकिंग न्यूजको रुपमा प्रसारण भए लगत्तै प्रनि सुब्बाले इप्रका इटहरीको ०२५५८०१०० नम्बरबाट फोन गरेर बास्तोलालाई पत्रकारिता सिकाउने चेतावनी दिएका थिए। यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरी, मधेश मिडिया मिसन नेपाल, प्रेस चौतारी सुनसरी, युथ रिपोटर्स ग्रुप इटहरी लगायतका संचारसम्बद्ध संघसंस्थाले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी बास्तोलालाई धम्क्याउने प्रनि सुब्बामाथि कडा कारबाहीको माग गरेका छन्। पत्रकार बास्तोला एभिन्यूज टेलिभिजन र अन्नपूर्णपोष्टमा आबद्ध छन् भने नेपाल पत्रकार महासंघ सुनसरीका सचिव समेत हुन् ।
कवितावाचन

२०६६ - चैत्र - ६
त्यो बेला हुर्काउदै थियौ तिमि आफनो गर्भमा उज्यालोको भु्रण त्यतिबेला अध्यारो थियो । अन्धकारमा पनि तिमि उज्यालिदै गरेको देखेर म पनि दौडिए तिम्रो पछि-पछि एउटा लय नमिलेको कबिता प्रस्तु्त गदै थिए सुनसरकिा पत्रकार सुमन पुरी । शुक्रबार इटहरीमा यस्तै दाले कबिता प्रस्तुत गरिदा कुनै साहित्यकारको उपस्थिती थिएन । सुनसरीमा कि्रयासिल धेरै पत्रकारहरुले शुक्रवार विभिन्न शीर्षकमा कबिता बाचन गरे । तोकिएकै समयमा सबिधान बनाउका दबाब दिन कबिता तथा गजलहरु प्ा्रस्तुत गरेका थिए ति पत्रकारहरुले ।दलहरु राजनैतिक खिचातानिमा लागीरहेको र सबिधान बनाउने समय छोटिदै गइरहेको अवस्थामा सुनसरीका पत्रकारहरुले समाचार लेखेरै मात्र दबाब नहुने देखेपछि कबिता मार्फत नेताहरुलाइ ब्यङग्य गर्न कस्सिएका थिए ।युथ रिपोटस्र गु्रप नेपालले तोकिएकै समयमा सबिधान बनाउनका लागि दबाब दिने उद्देश्यले पत्रकारहरुको कबिता गोष्ठि आयोजना गरेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासङस सुनसरीका पुर्ब अध्यक्ष कृष्ण बिनोद लम्सालले त झन दलहरु सरकार बनाउने र ढाल्ने खेलमा मात्र लागिरहेकोले तोकिएकै समयमा सबिधान बन्न नसक्ने दाबी गरे कबिता मार्फत ।सबिधान बनाउने मिति नजिकिदै जादा पनि नेताहरु अलिकत्ति पनि जनताहरुप्रति उत्तरदायि तरिकाले प्रस्तुत हुन नसकेका कारण समयमै सबिधान बन्न नसक्ने बताउदै थिए ।अर्का सोमनाथ बास्तोलाले हाइकु मार्फत सरकारलाइ ब्यङग्य गरे ।पत्रकार धनबहादुर पुरीले नेताहरुको यहि चालाले तोकिएकै समयमा सबिधान नबनाए नेताहरुलाइ जुत्ताको माला लगाएर देश निकाला गर्नु पर्नै उदघोष गरे । उनले सरकार बनाउन पाए मात्रै सबिधान बन्न सक्छ भन्ने एकिकृत नेकपा माओबादिका नेता प्रचण्डले भनेको कुराको ठाढै बिरोध गरे ।कबिता गोष्ठमा युथ रिर्पोटस्र गु्रप नेपालका अध्यक्ष हिमाल दाहाल सचिब शेखर ढकाल युवाराज घिमिरेक्रान्तिकारी पत्रकार सङघका सुनसरी अध्यक्ष कबिन्द्र केशि लगायतले पनि कबिता बाचन गरेका थिए । उनिहरुले पनि तोकिएकै समयमा सबिधान बनाउन नसके दॆश ठुलो दल-दलमा फस्ने सङकेत गरेका थिए ।
Thursday, July 2, 2009
ग्रुपको पत्र र तथ्याङ्कहरु
परिचयात्मक कार्यक्रमको निमन्त्रणा पत्र
पत्रकारहरु माथि भइरहेका आक्रमणको विरोध गर्दै कारवाहीको लागि इप्रका इटहरीलाई दिएको पत्र

विषय-पत्रकारको सुरक्षाका सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार वर्गमाथि विभिन्न समुहले श्रृङ्खलाबद्ध आक्रमण गरिरहेका छन् । सुनसरीमा मात्रै गएकेा एक महिना भित्रमा चार जना पत्रकारलाई विभिन्न व्यक्ति तथा समुहले आँखाको तारो बनाइ आक्रमण तथा ज्यानमार्ने धम्की दिएकाछन् ।
गत जेठ २६ गते इटहरीका पत्रकार दामोदर गुरागाईँलाई प्रहरी हवल्दार नारायण कोइरालाको नेतृत्वमा रहेको प्रहरी टोलीले कुटपिट गर्यो । गुरागाईँलाई कुटपिट गरेको एक हप्ता बित्न नपाउँदै मनोज भुजेल र युवराज घिमिरेलाई यौनधन्दामा संलग्न रहेका महिलाहरुले प्रहरी कार्यालयमै हातपात तथा दुर्व्यवहार गरी ज्यान मार्ने धम्की दिए ।
त्यसको तीन दिन बित्न नपाउँदै हिजो सोमबार धरानका पत्रकार रोहित र्राईलाई लिम्बुवानका कार्यकर्ता बताउने व्यक्तिले समाचार लेखेकै विषयमा ज्यान मार्ने धम्की दिए । त्यस्तै सोहि दिन रिपोर्टिङका सिलसिलामा कार्यालयबाट कार्यक्षेत्र तर्फ गइरहेका इटहरीका पत्रकार युवराज घिमिरेमाथि हतियारधारी समुहले आक्रमण गरी घाइते बनायो ।
यसरी पत्रकारमाथि विभिन्न समयमा विभिन्न समुह तथा व्यक्तिहरुबाट समाचारको विषयलाई लिएर आक्रमण हुनु तथा ज्यान मार्ने धम्की आउनु र प्रहरी प्रशासनले घटनाका दोषी ठहरिएकालाई कारवाही नगर्नु देशमा दण्डहिनताले प्रश्रय पाउनुको मुख्य कारण रहेको हामीले महसुस गरेकाछौं । समाजलाई सत्य तथ्यको जानकारी गराइ सुसुचित गर्ने देशको चौथो अंग पत्रकार माथि बारम्बार आक्रमण हुनुले पत्रकारीता पेशालाई धरापमा पारेको त छ नै त्यसमा पनि पत्रकार झन् आफ्नो पेशाबाटै पलायन हुने अवस्था समेत आइसकेको छ ।
आम जनताको सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनले पत्रकार माथि आक्रमण गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरी पत्रकारीता पेशालाई सुरक्षित र भयमुक्त बनाओस् भन्ने हाम्रो आग्रह छ ।
हाम्रो आग्रहलाई प्रहरी प्रशासनले गम्भीरतापूवक नलिए पत्रकारहरुको हकहित र सुरक्षाको लागि हामी सबै युवा पत्रकारहरु शसक्त आन्दोलनमा उत्रने जानकारी समेत गराउँदछौं । साथै पत्रकारहरुको सुरक्षाको लागि आवश्यक पहल तथा सहयोग गरिदिन विभिन्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शिक्षक, व्यवशायी तथा आम जनसमुदायमा हार्दिक आग्रह गर्दछौं ।
महासचीव अध्यक्ष
पवन विवश अधिकारी हिमाल दहाल
-युथ रिपोर्टस् गु्प नेपाल
बोधार्थ-
नेपाल पत्रकार महासँघ सुनसरी
साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल
क्रान्तिकारी पत्रकार सँघ सुनसरी
प्रेस चौतारी सुनसरी
नेपाल प्रेस युनियन सुनसरी
मधेश मिडिया मिसन सुनसरी
मिडिया मिसन सुनसरी
युथमिडिया सेन्टर सुनसरी




